आज थप १०६ जनामा कोरोना संक्रमण पुष्टि, आईसीयूमा १२ जना

आज थप १०६ जनामा कोरोना संक्रमण पुष्टि, आईसीयूमा १२ जना


नेपालमा पछिल्लो २४ घण्टामा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ४८८ जनाको परीक्षणमा उक्त संख्यामा संक्रमित देखिएका हुन् । पीसीआरमा ६४ र एन्टिजेन परीक्षणमा ४२ जनामा संक्रमण पुष्टि भएको छ । 

सो अवधिमा ७४ जनाका संक्रमणमुक्त भएका छन् ।
 
नयाँ भेरिएन्ट देखिएसँगै संक्रमितको संख्या केही हप्तायता बढ्दो क्रममा छ । हाल सक्रिय संक्रमितको संख्या ४३५ पुगेको छ ।मन्त्रालयको नियमित कोभिड अपडेट अनुसार हाल संस्थागत आइसोलेसनमा २७ जना, आईसीयूमा १२ जना र भेन्टिलेटरमा ३ जना उपचाररत छन् । 

Logo