सुर्खेत– प्रहरी जवानको लिखित परीक्षामा सहभागी २२ जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेकाे छ।
शनिबार भएकाे प्रहरी जवानको परीक्षामा अर्काको नामबाट परीक्षा दिइरहेका २२ जनालाई पक्राउ गरिएकाे हाे ।
सुर्खेतकाे श्रीकृष्ण संस्कृत तथा साधारण मावि परीक्षा केन्द्रबाट १८ जना, इगरब्रिज माविबाट दुई जना र सुर्खेत क्याम्पस (शिक्षा) बाट दुई जना नक्कली परीक्षार्थी पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी दिल्लीराज पन्तले बताए ।
प्रकाशित: २८ मंसिर २०७६ १८:१४ शनिबार