११ असोज २०७९ मंगलबार
1
1
1
1

0 Shares

धनकुटामा दुर्घटना: २ जनाको मृत्यु, २ घाइते

1
1
1
1

धनकुटा । धनकुटामा आज भएकाे दुर्घटनाम परी दुई जनाकाे मृत्यु भएकाे छ ।  छथर जोरपाटी गाउँपालिका–२ फलैँचामा आज टेलर र टेम्पु ठोक्किदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन् ।

हिलेबाट जोरपाटीतर्फ जादै गरेको को.२ ह.६६११ नम्बरको टेम्पु र विपरीत दिशाबाट आइरहेको को.१ ख.६९१२ नम्बरको टेलर दिउँसो करिव १२ बजे ठक्कर खाएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी टेम्पु चालक धनकुटा–२ का २५ वर्षीय दशरथ पाख्रीन र टेम्पुमा सवार तेह्रथुम छथर गाउँपालिका–१ का ४२ वर्षीय साङ्गे शेर्पाको घट्नास्थलमै मृत्यु भएको हो ।

टेम्पुमा सवार छथर जोरपाटी गाउँपालिका–५ का २२ बर्षीय रविन घिमिरे र तेह्रथुमको लालिगुँरास नगरपालिका–५ का २५ बर्षीय प्रदिप बस्नेत घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल लगिएको धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले जानकारी दिए ।

प्रकाशित: २९ मंसिर २०७६ १३:४४ आइतबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी