आफैप्रति इमान्दार बन्ने सन्देश दिने पुस्तक म र ‘म’बजारमा

आफैप्रति इमान्दार बन्ने सन्देश दिने पुस्तक म र ‘म’बजारमा


लेखक नितिन मिश्रको नयाँ पुस्तक म र ‘म’बजारमा आएको छ । बुलबुल पब्लिकेशनले बजारमा ल्याएको यो पुस्तकको शनिबार काठमाडौंमा सार्वजनिकीकरण गरिएको हाे । 

मुलत अंग्रेजी भाषामा लेख्ने गरेका मिश्रको यो नेपाली भाषाको पहिलो पुस्तक हो । पुस्तक सार्वजनिक कार्यक्रममा उनले आफ्नो यो पुस्तकको सन्देश आफैप्रति इमान्दार हुनु भन्ने रहेको बताए । उनले यो पुस्तकले आफू को हो भनेर बुझ्न पनि सहयोग गर्ने विश्वास व्यक्त गरे । 

उनले भने,‘मैले जीवनमा राम्रा किताबहरुको अध्ययन गरेको छु । अध्ययन गर्दा विभिन्न विचारहरु आउँछ । म खास चाहीँ अंग्रेजी लेखक हुँ । नेपालीमा त्यति राम्रो छैन । गोविन्द सरले नेपालीमा पनि लेख्न पर्यो । नेपालमा पनि पढ्ने मान्छेहरु छन् भन्नु भएको भएर मैले लेखेको हुँ । केटा वा केटीको भित्री रुप राम्रो छ तर बाहिरी रुप भद्दा छ भने अहिले कसैले पनि भित्रि रुप कोट्याएर हेर्दैनन् । मेरो यस किताबको लक्ष्य आफै प्रतिइमान्दार हुनु हो । कसैप्रति झुट नबोल्नु हो । म कोहो भनेर बझ्नु हो ।’

पुस्तकमाथि टिप्पणी गर्दै प्राध्यापक डा. ज्ञानु पाण्डेले लेखकले यस पुस्तकमार्फत नेपाली लेखकको पंक्तिमा आफ्नो भविष्यको उजागर गरेको बताइन् । 

Logo