विद्युतीय सामग्रीको प्रयोग बढेसँगै घट्न थाल्यो इन्धन आयात, नौ महिनामा कति भित्रियाे ?

विद्युतीय सामग्रीको प्रयोग बढेसँगै घट्न थाल्यो इन्धन आयात, नौ महिनामा कति भित्रियाे ?


नेपालमा इन्धन आयात उल्लेख्य घटेको छ । पर्याप्त विद्युत उत्पादन भएपछि विद्युतीय सामग्री र इन्धनबाट सञ्चालन हुने साधनको विकल्पमा विद्युतीय गाडीको प्रयोग बढेसँगै इन्धन आयातमा कमी आएको हो । 

नेपाल आयल निगमको तथ्यांकअनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको नाै महिनामा पेट्रोल आयात ८.३५ प्रतिशतले घटेको छ । चैत्र मसान्तसम्ममा ४ लाख ९९ हजार ३०० किलोलिटर पेट्रोल आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ७ लाख ३६ हजार २७६ किलोलिटर पेट्रोल आयात भएको थियो । 

त्यसैगरी, चालु आर्थिक वर्षको चैत समान्तसम्म ९ लाख ५२ हजार ८४३ किलोलिटर डिजेल र ३ लाख ८६ हजार ७१७ सिलिण्डर एलपिजी ग्यास आयात भएको निगमको तथ्यांक छ  । गत आवको तुलनामा चालु आवमा डिजेल २५ दशमलव ५८ प्रतिशतले र एलपीजी ग्यास १ दशमलव २३ प्रतिशतले घटेको हो । गत आवको सोही अवधिमा १७ लाख २३ हजार ५५७ किलोलिटर डिजेल र ५ लाख ३६ हजार २८ सिलिण्डर एलपीजी ग्याँस आयात भएको थियो ।  

चालु आर्थिक वर्षको चैत समान्तसम्म ९ लाख ५२ हजार ८४३ किलोलिटर डिजेल र ३ लाख ८६ हजार ७१७ सिलिण्डर एलपिजी ग्यास आयात भएको निगमको तथ्यांक छ  ।

विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गएको र विद्युतिय चूलोको प्रयोग बढ्दै गएकाले इन्धनको आयात घटेको हो । 

त्यस्तै, चालु आर्थिक वर्षको उक्त अवधिमा ८ हजार १५१ किलोलिटर मट्टितेल आयात भएको छ । मट्टितेल आयात पनि गत आर्थिक वर्षको तुलनामा ३४ दशमलव ४९ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको सोही अवधिमा १७ हजार ३४० किलोलिटर मट्टितेल आयात भएको थियो ।

चालु आर्थिक वर्षको साउन महिनामा ५४ हजार ८७६ किलो लिटर पेट्रोल आयात, भदौं महिनामा  ५५ हजार ९६० किलोलिटर, असोजमा ६० हजार ७८४ कि.लि, कार्तिकमा ५६ हजार ४४ कि.लि, मंसिरमा, ५१ हजार ७५ कि.लि. पुसमा ५४ हजार४४८ कि.लि, माघमा ५३ हजार १६ कि.लि, फागुनमा ५६ हजार ३३६ कि.लि र चैत महिनामा ५६ हजार ७६० कि.लि पेट्रोल आयात भएको हो । 

विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गएको र विद्युतीय चूलोको प्रयोग बढ्दै गएकाले इन्धनको आयात घटेको हो ।

त्यस्तै, श्रावन महिनामा ७९ हजार ३०२ किलोलिटर डिजेल, भदौ महिनामा ९ लाख १६ हजार किलोलिटर, असोज महिनामा ८२ हजार किलोलिटर, कार्तिकमा १ लाख ४ हजार किलोलिटर, मंसिरमा १ लाख १२ हजार किलोलिटर, पुसमा १ लाख १७ हजार किलो लिटर, माघमा १ लाख १२ हजार किलोलिटर, फागुनमा १ लाख २१ हजार किलोलिटर र चैत्रमा १ लाख ३२ हजार किलोलिटर डिजेल आयात भएको नेपाल आयाल निमको तथ्यांकले जनाएको छ । 

गत आर्थिक वर्षको श्रावन महिनामा पेट्रोल ५६ हजार ६०४ किलोलिटर, भदौमा ५६ हजार ६७२ कि.लि, असोजमा ६१ हजार ८०४, कार्तिकमा ६४ हजार ८४८, मंसिरमा ६६ हजार ३७२, पुषमा ६२ हजार ९८८, माघमा ५० हजार ५६४, फागुनमा ६६ हजार ३३२ र चैतमा ६२ हजार २१२ किलोलिटर डिजेल आयात भएको नेपाल आयल निगको तथ्यांकमा उल्लेख रहेको छ ।

Logo