गगनलक्षित कांग्रेस प्रवक्ताकाे टिप्पणी- निर्णय प्रक्रियाबाट कोही बञ्चित छैन

गगनलक्षित कांग्रेस प्रवक्ताकाे टिप्पणी- निर्णय प्रक्रियाबाट कोही बञ्चित छैन


अर्थमन्त्रीसमेत रहेका नेपाली कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्रको निर्णय प्रक्रियामा कुनै पनि विभेद नरहेको जिकिर गरेका छन् । 

कांग्रेस महामन्त्री गगन थापाले पार्टीभित्रको प्रवृतिबारे असन्तुष्टि पोखेको विषयमा संसद बैठकपछि पत्रकारले सोधेको प्रश्नमा प्रवक्ता महतले पार्टीभित्रको निर्णय प्रक्रियामा कुनैपनि भेदभाव नरहेको जिकिर गरे । ‘कुनैपनि विषय निर्णय गर्नु पर्छ भन्ने कुरा आइसकेपछि त्यो कुरालाई पार्टी सभापतिले नकार्या छैन् । भनेपनि मलाई लाग्छ अरु खाले टिप्पणी गर्नुपर्ने कुनै कारण र आवश्यकता म देख्दिँन ।’ उनले भने ।

उनले पार्टी भित्रको हरेक विषय साझा रुपमा छलफल भएर मात्रै हुने गरेको उनको भनाई छ । 

महामन्त्री थापाले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी नेतृत्वको कार्यशैलीप्रति आक्रोश व्यक्त गर्दै पद्धतिअनुसार अझैपनि चल्न नसकेको बताएका थिए । उनले आफूले पटकपटक मौनता साँधेको तथा साथीहरूलाई सम्झाएको प्रसंग निकाल्दै अब सहन नसकिने पनि बताएका थिए । 

Logo