इमरान खान दुई दिन हिरासतमा बसेपछि लाहोर फर्किए

इमरान खान दुई दिन हिरासतमा बसेपछि लाहोर फर्किए


पाकिस्तान तेहरिक–ए–इन्साफ पार्टीका प्रमुख इमरान खान दुई दिन हिरासतमा रहेपछि शनिबार बिहान लाहोरस्थित आफ्नो घर पुगेका छन् । इस्लामाबाद उच्च अदालतले शुक्रबार अल-कादिर ट्रस्ट मुद्दामा पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई दुई हप्ताको लागि अन्तरिम जमानत दिएको थियो ।

लाहोरमा उनका समर्थकहरुले उनलाई न्यानो स्वागत गरेका थिए। इमरान सडकबाट लाहोरस्थित आफ्नो घर पुगेका थिए। जमानत पाएपछि पनि इमरान खान केही घण्टा इस्लामावाद हाईकोर्ट परिसरमै बसेका थिए। इस्लामाबाद पुलिसका प्रमुखले उनलाई लाहोर जानबाट रोक्न सक्दो प्रयास गरेको र उनलाई तीन घण्टा पर्खाइएको पूर्व प्रधानमन्त्रीको दावी छ।

एक भिडियो सन्देशमा इमरान खानले अदालतमा तीन घण्टासम्म बन्धक बनाएको र विभिन्न बहाना बनाएर बाहिर निस्कन नदिइएको बताएका छन् । यसैबीच, इस्लामाबाद पुलिसले ट्वीट गर्दै इमरान खानले सुरक्षामा सहयोग नगरेको र आफ्नो कार्यको लागि आफू स्वयं जिम्मेवार हुने दाबी गरेको छ।

Logo