प्रधानमन्त्री प्रचण्ड र अष्ट्रेलियाका सहायक विदेशमन्त्री वाट्सबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र अष्ट्रेलियाका सहायक विदेशमन्त्री वाट्सबीच भेटवार्ता


प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग नेपाल भ्रमणमा रहेका अष्ट्रेलियाका सहायक विदेश मन्त्री टिम वाट्सले भेटवार्ता गरेका छन्।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्स र प्रधानमन्त्री दाहालबीच द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको प्रधानमन्त्री कार्यालयले जानकारी गराएको छ। 

भेटमा नेपालको आर्थिक समृद्धिमा कृषि क्षेत्रको व्यवसायीकरण र कृषिमा आधारित उद्योगहरुको विकास र पर्यटन क्षेत्रको  प्रवर्द्धनमा सहयोगका बारेमा छलफल भएको छ। 

प्रधानमन्त्रीले नेपालको विकास र समृद्धिमा अष्ट्रेलियन सरकार र जनताको सहयोगको निरन्तरताको अपेक्षा व्यक्त गर्दै अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुको अवस्था र समस्याहरुका बारेमा चासो राखेको बताईएको छ। 

पधानमन्त्री प्रचण्डले भेटका क्रममा अष्ट्रेलियाका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। त्यस्तै,सहायक विदेश मन्त्री वाट्सले नेपालको विकास र समृद्धिको अभियानमा अष्ट्रेलियन सरकार र जनताको सहयोग निरन्तर रहने बताएका छन्। 

Logo