शरणार्थी प्रकरणले देशलाई अन्तर्राष्ट्रिय बदनाम गर्योः सांसद दाहाल

शरणार्थी प्रकरणले देशलाई अन्तर्राष्ट्रिय बदनाम गर्योः सांसद दाहाल


राष्ट्रिय सभा सदस्य नारायण प्रसाद दाहालले शरणार्थी प्रकरणले देशलाई अन्तर्राष्ट्रिय स्तरको बदनाम गरेको टिप्पणी गरेका छन् ।

शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा उनले नक्कली भुटानी शरणार्थी प्रकरण भ्रष्टाचार मात्र नभई देशद्रोहीको कार्य भएको  र यसले अन्तर्राष्ट्रिय तथा कुटनीतिक क्षेत्रमा नयाँ चुनौती थपिएको बताए । 

उनले भने ‘नक्कली भुटानी शरणार्थी प्रकरण भ्रष्टाचार मात्र नभई देशद्रोही मानव वेचविखन प्रकृतिको अपराध हो । यसले गर्दा सिङगो देशको राजनीति क्षेत्र न्यायिक, प्रशासनिक, सुरक्षा निकाय, अन्तर्राष्ट्रिय तथा कुटनीतिक क्षेत्र तरङगित मात्र हैन सबैमा नयाँ चुनौती थपिएको अनुभुति भएको छ । सरकारको नेतृत्वमा रहेका नेताहरु उच्च ओहोदाको कर्मचारी नै यस अपराधमा संलग्न भएको कुराले देश नै स्तब्ध जस्तो भएको छ ।’

उनले यस्तो कार्यमा दोषी कोही पनि नछुटोस भन्ने कुरामा सरकार प्रष्ट हुनुपर्ने बताए । यस्ता खालको अपराधहरु नियन्त्रण गर्न सबै राजनीतिक दलहरु एक ढिक्का भएर अगाडी बढ्नु पर्ने उनको भनाई छ । 

Logo