1
0
Shares

मेलौली होटलमा बेहोस भेटिएका चन्दको मृत्यु

1
1
1

बैतडीको मेलौली नगरपालिका–७ मा रहेको रिसब होटलमा बेहोस अवस्थामा भेटिएका एक व्यक्तिको मृत्यु भएको छ । 

मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका–२ का ५७ वर्षीय रनि चन्द रहेका बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । भारतबाट फर्किएर घर जाने क्रममा रहेका चन्द जेठ ११ गतेदेखि उक्त होटलमा बसिरहेका थिए । आज बिहान खान खानका लागि होटलका कर्मचारीले बोलाउँदा चन्द बेहोस अवस्थामा फेला परेका थिए । 

बेहोस फेला परेका चन्दको उपचारका क्रममा केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो । चन्दको के–कति कारणले मृत्युु भएको हो भन्नेबारे खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गइरहेको छ । 

प्रकाशित: १३ जेठ २०८० १८:२० शनिबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी