1
0
Shares

माछा मार्ने क्रममा फेवातालमा डुबेर एक जनाको मृत्यु

1
1
1

पोखराको फेवातालमा डुबेर शनिबार एक जनाको मृत्यु भएको छ।

माछा मार्ने क्रममा तालमा डुबेर अन्नपूर्ण गाउँपालिका-१० घान्द्रुक घर भई हाल पोखरा महानगरपालिका-१४ चाउथे बस्ने ६३ वर्षे मीन गुरुङको मृत्यु भएको हो ।

शनिबार दिउँसो करिव ४ बजे तालको पामे खपौदी क्षेत्रबाट बेपत्ता भएका गुरुङको शव नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले साँझ ७ बजे फेला परेको हो। उनको शव अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १४ जेठ २०८० ०८:१२ आइतबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी