बैतडीमा बेहोस फेला परेका एक जनाको निधन

बैतडीमा बेहोस फेला परेका एक जनाको निधन


होटेलमा बेहोस भएका बैतडीका एक जनाको मृत्यु भएको छ।मेलौली नगरपालिका-७ को एक होटेलमा शनिबार बेहोस भएका पञ्चेश्वर गाउँपालिका-२ का ५७ वर्षीय रनि चन्दको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार भारतबाट आएका चन्द जेठ ११ गतेदेखि रिसब होटेलमा बस्दै आएका थिए। शनिबार बिहान होटेलका कर्मचारीले खाना खानका लागि बोलाउन जाँदा उनलाई बेहोस अवस्थामा फेला पारेका थिए।

उनको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा मृत्यु भएको हो। उनको मृत्युको कारण भने खुल्न सकेको छैन। उनको पोष्टमाटमपछि शव परिवारले बुझेको छ। घटनाबारे प्रहरीले छानबिन गर्दैछ।

Skip This
Logo