यो बजेट पुजिँगत खर्चको समस्यामा कोषे ढुङ्गा सावित हुन्छः अर्थमन्त्री महत

यो बजेट पुजिँगत खर्चको समस्यामा कोषे ढुङ्गा सावित हुन्छः अर्थमन्त्री महत


अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले ल्याएकाे बजेट पुजिँगत खर्चको समस्या समाधानका लागि कोषे ढुङ्गा सावित हुने जिकिर गरेका छन् । 

संसदमार्फत बजेट प्रस्तुत गरेर बाहिरिने क्रममा संचारकर्मीसंग अर्थमन्त्री महतले कार्यान्वयनमा कुनै समस्या नरहेको जिकिर गर्दै अप्ठ्यारा हटाउने गरी बजेट तयार गरेको जिकिर गरेका हुन् । ‘समयमा पुजिँगत खर्च नहुने नै समस्या छ ।’ उनले भने, ‘पुजिँगत खर्चको समस्या हल गर्ने तर्फ एउटा कोषे ढुङगा सावित हुन्छ ।’

नियमित अनुगमन गर्ने भन्दै अर्थमन्त्री महतले पुजिँगत खर्चको प्रभावकारिता बढ्ने बताए । उनले सांसद विकास कोषको बजेटको बचाउ गरे । 

Logo