स्वीडेनमा चक्कु प्रहारबाट चार विद्यार्थी घाइते

स्वीडेनमा चक्कु प्रहारबाट चार विद्यार्थी घाइते


स्वीडेनको एस्किलस्टुना सहरमा बिहीबार खेलकुद दिवसको समयमा भएको चक्कु आक्रमणमा चार बालबालिका घाइते भएका छन् ।खाजाको समयमा झगडाको खबर आएपछि खेलकुद परिसरमा प्रहरी टोलीहरू पठाइएको थियो।

एक प्रत्यक्षदर्शीले बताएअनुसार घटनामा लगभग २० व्यक्तिको दुई समूह रहेको र ती समूहका कम्तीमा दुई युवाहरूलाई चक्कुले चोट लागेको देखिएको थियो।

प्रहरीले कम्तीमा एउटा हतियार प्रयोग भएको पुष्टि गरेको छ,तर घाइतेहरूको पहिचान र उनीहरूको चोटको प्रकृति खुलाएको छैन। राजधानी स्टकहोमबाट करिब ८८ किलोमिटर पश्चिममा रहेको एस्किलस्टुनामा रहेको विद्यालयका प्रधानाध्यापकले उनीहरू सबै कक्षा ९ का विद्यार्थी भएको र चारैजनालाई चक्कुले चोट लागेको दागेन्स न्याहेटर(डीएन) अखबारलाई बताएका छन्।

Logo