सिंगटी हाइड्रो इनर्जी लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारणसभा एकैदिन बोलाएको छ। कम्पनीले १२ औँ र १३ औँ वार्षिक साधारणसभा असार १३ गते बोलाएको हो। सभा, धुम्रबराह भेन्यु, धुम्वाराही काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ। सभामा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पेश हुँदैछ।
यस्तै, सभामा दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफ–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ। समुह (क) बाट ४ जना र समुह (ख) बाट २ सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ।
सभा प्रयोजनको लागि कम्पनीले जेठ ३१ गते बुक क्लोज गर्ने जनाएको छ। यसर्थ, जेठ ३० गतेसम्म कायम सेयरधनी मात्र कम्पनीको सभामा भाग लिन सक्नेछन्।
प्रतिक्रिया