सिटाडेलमा सामन्थाको पारिश्रमिक १० करोड

सिटाडेलमा सामन्थाको पारिश्रमिक १० करोड


सामन्था रुथ प्रभु दक्षिण भारतीय फिल्मकी दमदार अभिनेत्री हुन् । उनले एकपछि अर्को ठूला बजेटका फिल्ममा अभिनय गरिरहेकी छिन् । जुन फिल्मले बक्सअफिसमा सफलता पनि उत्तिकै पाइरहेको छ ।

सामन्थाले हिन्दी फिल्ममा आफ्नो ओटीटी डेब्यू ‘द फेमिली मेन’बाट गरेकी थिइन् । यो सिरिजमा उनी भिलेन चरित्रमा थिइन् । उनी चाँडै अभिनेता वरुण धवनका साथ ‘सिटाडेल’मा देखिँदैछिन् । उनले यो फिल्मका लागि १० करोड पारिश्रमिक लिएकी छन् ।

यद्यपी सामन्थाले हालसम्म पारिश्रमिकका विषयमा मुख खोलेकी छैनन् । सामन्था यो वर्ष निकै व्यस्त छिन् । उनले नयाँ रोमकम फिल्म ‘कुशी के’का अभिनेताका साथ एक तस्वीर सामाजिक सञ्जालमा राखेकी छन् ।

Logo