माग सम्बोधन नभए देशभर काम ठप्प पार्ने भन्सार एजेन्ट महासंघको चेतावनी

माग सम्बोधन नभए देशभर काम ठप्प पार्ने भन्सार एजेन्ट महासंघको चेतावनी


भन्सार एजेन्ट महासंघले सरकारले बजेट ल्याउँदा गरेको संशोधनमा भन्सार एजेन्ट प्रतिनिधिको व्यवस्थालाई अनुचित, अव्यावहारिक र गैरजिम्मेवारीपूर्वक हटाएकोप्रति आपत्ति जनाएको छ । 

बिहीवार भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेललाई ज्ञापन पत्र बुझाउँदै महासंघले बजेटद्वारा आएको भन्सार ऐन, नियामवली २०८० मा भएको संशोधनले गर्दा आफूहरुले पाएको अधिकार राज्यले नाजायज तबरले खोसेको भन्दै आपत्ति जनाएको हो । 

उक्त संशोधनले गर्दा लामोसमयदेखि भन्सारमा भन्सार एजेन्ट सो सरह काम गर्दै आएका करिब ३०० जनाले आफ्नो रोजीरोटी गुमाउनु परेको र उनीहरुमा आश्रित करिब दशौँ हजारको दैनिकीमा समेत असर परेको भन्दै महासंघले दुःख व्यक्त गरेको छ । 

सो क्रममा महासंघक अध्यक्ष भरतराज घिमिरेले भन्सार एजेन्ट प्रतिनिधिहरुलाई कुनै विकल्प विना नै एक्कासी वेरोजगारी बनाउनु राज्यको ठुलो कमजोरी भएको बताएका छन् । केही निकास निकाल्न महानिर्देशकलाई आग्रह गर्दै उनले शुक्रबारसम्म पनि भन्सार एजेन्ट प्रतिनिधिसम्बन्धित ठोस निर्णय नआए आइतबारदेखि नेपालको सम्पूर्ण  भन्सार कार्यालयमा कामकाज समेत रोक्न बाध्य हुने चेतावनी दिए । 

Logo