मेरो मुद्दामा १५ दिनमा पेसी चडाएको, किर्ते गरेर मलाई सडकमा पुर्‍याएको भनेर उजुरी आएको छ, यसमा के हुन्छ?

मेरो मुद्दामा १५ दिनमा पेसी चडाएको, किर्ते गरेर मलाई सडकमा पुर्‍याएको भनेर उजुरी आएको छ, यसमा के हुन्छ?


प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथि संसदीय सुनुवाइ समितिमा सवाल–जवाफ जारी छ । उनलाई समिति सदस्यहरूले प्रश्न गरिरहेका छन् । 

सांसद ज्ञानेन्द्र बहादुर कार्कीले ढिला न्याय दिनु भनेको न्याय नदिनु हो, २८ हजारभन्दा बढी मुद्दा फैसला हुन बाँकी छ, यसलाई कसरी समाधान गरेर अघि बढ्ने, तपाईंको के सोच छ ? ८ महिनामा कामु हुँदा के–के गर्नुभयो ? भन्दै प्रश्न गरेका छन् । 

जिल्ला अदालतको खाका उच्चमा लागु गर्दा के हुन्छ ?, राष्ट्रको महत्वपूर्ण आयोजनाहरूमा मुद्दा पर्छ र स्टेट हुन्छ, यो समस्यालाई कसरी समाधान गर्ने ? उनले जिज्ञासा राखे । 

समितिका अर्का सदस्य डीपी अर्यालले नियुक्तिबाटै भ्रष्टाचार सुरू हुन्छ भन्ने तपाईंले लेख्नुभएको छ, यो तपाईंको नियुक्तपूर्व थियो कि तपाईं पछाडि सुरू भएको हो ? प्रश्न गरे । 

न्यायाधीशहरूका नियुक्ति गलत हो भनेर संसदीय सुनुवाइ प्रकृयामा प्रश्न उठाउनु भएको छ, यो प्रकृया संविधानबाट हटाउजु पर्छ भन्ने बुझाइ तपाईंको हो ? उनको अर्को प्रश्न थियो । 

समितिमा सांसद् रमेशजंग रायमाझीले सर्वोच्च अदालतको मुद्दा गोला सिस्टमा गएको छ । भन्दै कार्कीलाई प्रश्न गरेका छन्।  बहालवाला न्यायाधीशले उजुरी दिनुभएको छ,आचारसंहिता लागु हुनु पर्दैन ? उनको अर्को प्रश्न छ । 

मीनभवनमा रहेको मेरो जग्गा खाइदिएको छ। हरिकृष्ण कार्कीका आफन्त पनि यसमा छन् । ८ आना जग्गा खाएर मेरो मुद्दामा १५ दिनमा पेसी चडाएको, किर्ते गरेर मलाई सडकमा पुर्याएको भनेर उजुरी आएको छ, यसमा के हुन्छ ? कार्कीलाई उनले प्रश्न गरे। 

अर्का सांसद जगप्रसाद शर्माले गोला प्रर्था वैज्ञानिक प्रणाली नभएको भन्दै अटोमेसन नै ठिक छ, अटोमेसन लागु गर्न के समस्या भयो ? भन्दै प्रश्न गरेका छन् । गणेशलाल अवाले र वहालवाला न्यायाधीशको पनि उजुरी आयो भन्दै यसलाई कसरी हेर्न ? उनको अर्को जिज्ञासा छ । 

संक्रमणकालीन न्याय निरूपणमा केहीमा अदालत आकर्षण भयो, यो क्षेत्राधिकारमा पर्छ ? कार्कीलाई उनको जिज्ञासा छ ।न्यायाधीशलाई कारबाही गर्न महाअभियोगबाहेक अर्को उपाय छ कि छैन ? कार्कीलाई यो प्रश्न पनि सोधिएको छ । 

 

Logo