दर्शन, सिद्धान्त, तथ्यमा हुनुपर्छः कार्की

दर्शन, सिद्धान्त, तथ्यमा हुनुपर्छः कार्की


प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले कसैलाई बदनाम गर्ने गरी आलोचना स्वीकार्य नहुने बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरूले प्रश्न गरेपछि जवाफमा उनले यस्तो बताएका हुन् ।

उनले “म सधैँ आलोचनाको स्वागत गर्ने मान्छे हो। म सधैँ हाम्रा फैसलाको विश्लेषणात्मक र सैद्धान्तिक छलफल गर्नुहोस भन्छु। यसले मात्र न्यायपालिका स्वच्छ हुन्छ, म सबैसँग आह्वान गर्छु,” उनले भने, “तर, दर्शन, सिद्धान्त, तथ्यमा हुनुपर्छ। तर, कसैलाई बदनाम गर्ने गरी हुन्छ भने स्वीकार्य हुँदैन ।”

Logo