स्थलगत अनुगमन प्रभावकारी हुँदै गएको आश्वासन समितिको ठहर

स्थलगत अनुगमन प्रभावकारी हुँदै गएको आश्वासन समितिको ठहर


प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले, अनुगमन तथा निरीक्षणको काम प्रभावकारी हुदै गएको ठहर गरेको छ । 

राष्ट्रिय सभा अन्तरगत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा सभापति माया प्रसाद शर्माले समितिले गरेको स्थलगत अनुगमन र निरिक्षण प्रभावकारी बनेको बताएका हुन् । उनले स्थलगत अनुगमन र निरिक्षण कार्यक्रमको समिक्षा गर्दै सुक्ष्म अध्यनबाट सकारात्मक र फाईदाजनक कार्य भएको दाबी गरे । 

उनले भने, ‘हामी आफ्नो कार्य क्षेत्रभित्रहरुको अध्ययन गर्दै छौँ । अनुगमन गर्दै छौँ कहाँ हाम्रो दायरा छ, अरुको क्षेत्रमा हामीले हात हाल्नु हुदैँन् । त्यो हस्तक्षेप हुन्छ, आफ्नो छोड्नु हुदैँन किनभने त्यो लापरवाही हुन्छ । त्यसकारण हामीले सुस्म ढङ्गले अध्यन गर्नुपर्छ । यसबाट हामीलाई फाईदा नै हुन्छ ।’

उनले रकमको बारेमा ठेक्का कसले लिएको बारेमा केही थाहा नहुने र विकास निमार्णको समग्र अवस्था कस्तो रहेछ भन्ने बारे अनुभव पनि गर्न नपाउनु विकासको सबैभन्दा ठूलो चुनौती रहेको पनि बताए । उनले भने,‘राजधानीमा विकास निमार्णको काम गर्दा अवस्था कस्तो रहेछ, भन्ने विषयमा गहिरो ढङ्गले अध्यन गरेका थियौ । अध्ययनमा हरेकले सोचेको भन्दा फरक भएको पाइन्छ । रकमको बारेमा, ठेक्का कसले लिएको बारेमा केही थाहा नहुने र सबैभन्दा ठूलो चुनौती के रहेछ भने त्यसको समग्र अवस्था कस्तो रहेछ भन्ने हामीले अनुभव नै गर्न नपाउने रहेको छ ।’

यस्तै, समितिका सदस्य गरिमा शर्माले सरकारी जग्गा कब्जा गर्नुको साथै, भाडामा लगाएको कुरा आएको भन्दै त्यस बढि ध्यान दिन आवश्यक भएको बताइन् । उनले पशुपतिको रहेमा रहेको वृद्धा आश्रम भूकम्पको कारण जीर्ण हुनुको साथै, रेक्टोफिटिङको लागि समस्या र बिल्डिङ्हरु पुरानो भएकोले छिटो भन्दा छिटो त्यहाँ रहेका मानिसहरुलाई सार्नुपर्ने कुरा पनि व्यक्त गरिन् । 
 

Logo