सोमपाल विश्वकप छनोटबाट बाहिरिए, किशोरले खेल्ने

सोमपाल विश्वकप छनोटबाट बाहिरिए, किशोरले खेल्ने


नेपाली क्रिकेट टोलीका प्रमुख तीव्र गतिका बलर सोमपाल कामी आइसिसी विश्वकप एकदिवसीय विश्वकप छनोटबाट बाहिरिएका छन् ।

पहिलो खेलमै चोटग्रस्त बनेका सोमपालको स्थानमा किशोर महतोलाई राख्न नेपालले गरेको प्रस्ताव अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले स्वीकृत गरेको छ । 

जिम्बाव्वेसँगको पहिलो खेलको ३४औं ओभरमा बलिङ गर्ने क्रममा जिम्बाव्वेका ब्याटर सिन विलियम्सको प्रहार सोमपालको दायाँ हातमा लागेको थियो । त्यसपछि उनले सबै खेल गुमाएका थिए । उनको अनुपस्थितिमा टिममा ल्याइएका ललित राजवंशीले तीनै खेल खेलेका थिए ।

हाल नेपाल प्रतियोगिताको समूह चरणबाटै बाहिरिसकेको छ । अब नेपालले सातौं र नवौं स्थानको लागि प्लेअफ खेल खेल्नेछ । प्लेअफमा अमेरिका, नेपाल, आयरल्यान्ड र युएई छन् । किशोर तीव्र गतिको बलिङको लागि चिनिन्छन् । उनले डेथ ओभरमा उच्च प्रदर्शन गर्दै आएका छन् । त्यसकारण पनि उनलाई टोलीमा समेटिएको हो । 

Logo