समाज प्रदेश १

काठमाडौंमा हुने ताप्लेजुङ साँझको सम्पूर्ण तयारी पूरा

काठमाडौं ।

ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंंको आयोजनामा माघ १७ गते राजधानीमा ताप्लेजुङ साँझ हुँदैछ । ताप्लेजुङका कलाकर्मीको हित, संरक्षण, प्रवद्र्धन तथा उत्थानका लागि ‘ताप्लेजुङ कलाकार कल्याणकारी कोष’ स्थापना गर्न यो साँझ आयोजना गर्न लागिएको हो ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने यस साँझमा राजेशपायल राई, मनोज गजुरेल, मेलिना राई, झुमा लिम्बू, सुसन साम्सोहाङ, कुशल थलङ, कञ्चन थलङ, विना भट्टराईको उपस्थिती रहनेछ । त्यस्तै पदम राई, तारा थेबे, जसोदा सुब्बा, मोहन मादेन, सुष्मा लिवाङ लगायत नेपालका ख्यातिप्राप्त गायक गायिका, हास्यकलाकार, नृत्य कलाकारको बेजोड प्रस्तुति रहने पनि आयोजकले जनाएको छ ।

कार्यक्रममा साँस्कृतिक पर्यटन प्रर्वद्वनका लागि ताप्लेजुङको मौलिक संस्कृतिहरु च्याब्रुङ, धान नाँच, हिमाली नृत्य स्याँब्रु लगायतको पनि प्रस्तुति रहनेछ । यस साँझमा अशोक लोहरुङ राईको संगीत संयोजन, नृत्य संयोजनमा माधव प्रधान (प्रादेशिक सामुहिक नृत्य), दावा लामा इलावा (हिमाली सामुहिक नृत्य), र मोहन मादेन (च्याँब्रुङ सामुहिक नृत्य) रहनेछ ।

साँझलाई सफल बनाउन र कलाकार कल्याणकारी कोष स्थापना गर्न ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराइले यसअघि नै व्यक्तिगत रूपमा तीन लाख रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता जनाइसकेका छन् । यो कार्यक्रम उनकै प्रेरणा र सोचका कारण आयोजना हुन लागेको हो । ‘ताप्लेजुङ साँझमा सरकारी, अर्धसरकारी तथा निजी विभिन्न संंघसंस्थाको उत्साहजनक साथ र सहयोग रहेको छ । साँझबाट संंकलित रकमको मूल हिस्सा कलाकार अक्षय कोषमा जम्मा हुनेछ भने केही रकम आर्थिक अभावले विद्यालय जान नपाएका ताप्लेजुङका असहाय बालबालिकाको शिक्षाका लागि स्थापित अक्षय कोषमा पनि रहने छ ।

ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंं एउटा विशुद्ध सामाजिक संंस्था हो । स्थापनाको छोटो समयमै ताप्लेजुङलाई माया गर्ने, ताप्लेजुङका लागि केही गरौं भन्ने र ताप्लेजुङवासीबीच सद्भाव र हार्दिकताको विकास गरौं भन्नेहरूको साझा चौतारी बन्न सफल भएको छ । ताप्लेजुङबाट काठमाडौंं आई विभिन्न पेसा र व्यवसायमा संलग्न ताप्लेजुङवासीबीच आपसी सहयोग, समन्वय तथा हार्दिकताको अभिवृद्धि गर्दै जिल्लाको समग्र विकासमा टेवा पु¥याउने उद्देश्यले २०६२ सालमा ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंको स्थापना भएको हो । यस संस्थामा सबै पार्टीका राजनीतिज्ञ, सुरक्षा निकाय एवं निजामती क्षेत्रका उच्च पदस्थ कर्मचारी, कूटनीतिज्ञ, समाजसेवी, व्यवसायी, कलाकर्मी, विद्यार्थीलगायत विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्वको सहभागिता रहेको छ ।

ताप्लेजुङवासीलाई जोड्न र हार्दिकतापूर्ण सम्बन्धको विकास गर्न सरोकार केन्द्रले बर्सेनी वनभोजको आयोजना गर्दै आएको छ । सरोकार केन्द्रको वनभोज देशकै ठूलो वनभोजमा दरिएको छ । जिल्लामा प्राकृतिक विपत्ति पर्दा, सारो गाह्रो एवं विकास निर्माणको काममा ताप्लेजुङ सरोकार केन्द्र सदैव अग्रसर रहँदै महत्वपूण योगदान गरिआएको छ ।

ताप्लेजुङका अनेक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन सरोकार केन्द्रले ताप्लेजुङ मेला–काठमाडौं, ताप्लेजुङ महोत्सव–काठमाडौं, तीनजुरे–गुफा–पाथीभरा पदयात्रा महोत्सवजस्ता कार्यक्रम भव्यतापूर्वक सम्पन्न गरिसकेको छ । जिल्लाको पर्यटन प्रवद्र्धनका लागि जिल्लामै हुने महोत्सवका साथै काठमाडौंमा पर्यटन सम्बन्धी गोष्ठी, सेमिनार तथा पदयात्रा जस्ता कार्यक्रम पनि ताप्लेजुङ सरोकार केन्द्रले आयोजना गर्दै आएको छ ।

यस कार्यक्रमको लागि नेपाल टेलिकम, प्राइम कमर्सियल बैक, मेघा बैंक, प्रभु बैंक, बराह ज्वेलर्स, ताप्लेजुङमा सञ्चालित हाइड्रो पावर कम्पनीहरु, गोर्खा ब्रुअरी, जावलाखेल डिष्ट्रीलरी लगायत जिल्लाका ब्यवसायीहरुको महत्वपूर्ण सहयोग रहेको छ ।

प्रकाशित: १४ माघ २०७६ १७:५८ मंगलबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी