ललितपुर । ललितपुरकाे सातदाेबाटोमा साउना गएका एक दम्पतीको निसास्सिएर मृत्यु भएको छ । ललितपुर-१४ सातदोबाटोको विशालचोकमा रहेको फिट एण्ड फाइन एरोबिक फिटनेस जिम सेन्टरमा साउनामा वाफ लिन गएका दम्पतीको बुधबार राति मृत्यु भएको हो ।
ललितपुर प्रहरी परिसरका अनुसार मृत्यु हुनेमा हस्त गर्बुजा पुन मगर र नेत्रकुमारी मगर छन् । मृतक हस्त मगर पूर्वमन्त्री थममाया थापाका स्वकीय सचिव थिए । म्याग्दी स्थायी घर भएका दम्पती पछिल्लो समय ललितपुर बस्दै आएका थिए । फिटनेस सेन्टर सञ्चालकलाई सोधपुछका लागि सातदोबाटो प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित: १६ माघ २०७६ १४:३३ बिहीबार