काठमाडौं । महिलामाथि यौन दुर्व्यवहार गरेको उजुरी परेपछि प्रहरी वरिष्ठ उपरीक्षक सौरभ राणा निलम्बनमा परेका छन् ।
संघीय प्रहरी इकाइ धरानमा कार्यरत राणाले एक महिलामाथि यौन दुर्व्यवहार गरेको उजुरी परेपछि राणालाई निलम्बन गरिएको गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।
गृह मन्त्रालयका सूचना अधिकारी अधिकारीका अनुसार उनलाई बिहीबार निलम्बन गरिएको हाे । साथै, गृहले अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई पनि पत्राचार गरेको छ ।
यसअघि कात्तिकमा धरानकी एक महिला गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृह सचिव प्रेमकुमार राई लगायतलाई भेटेर एसएसपीबाट आफू पीडित बनेको दाबी गरेकी थिइन् । राणाले भने आरोप अस्वीकार गर्दै आएका छन् ।
प्रकाशित: १७ माघ २०७६ १३:१७ शुक्रबार