स्मार्ट क्युआर र नेपाल पे क्युआर अन्तरआबद्ध भई सेवा सुचारु

स्मार्ट क्युआर र नेपाल पे क्युआर अन्तरआबद्ध भई सेवा सुचारु


नेपाल पे क्युआर र स्मार्ट क्युआरले नेटवर्क स्तरमा अन्तरआबद्ध भई सेवा सुरु गरेका छन् ।

आइतबार आयोजित औपचारिक कार्यक्रममा विभिन्न बैंक तथा वालेटका प्रतिनिधिहरुले स्मार्ट क्युआर र नेपाल पे क्युआर दुवै नेटवर्कमा भुक्तानी गरेर सेवाको शुभारम्भ गरेका हुन् ।

सो कार्यक्रममा स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेड (एससीटी) का प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान लगाएत विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि तथा सञ्चारमाध्यमका प्रतिनिधिहरुको उपस्थिति थियो ।

क्युआर भुक्तानीलाई थप प्रवर्धन गर्न नेटवर्क स्तरको अन्तर आबद्धतासहित सञ्चालनका लागि सहकार्य भए संगै नेपाल पे क्यु आर मार्फत आबद्द भएका विभिन्न मोबाइल बैकिंग, वालेट र Connect IPS का प्रयोगकर्ताहरूले स्मार्ट क्युआर नेटवर्कमा आबद्द सम्पूर्ण दुई लाख पचास हजारभन्दा बढी मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्नेछन् ।

यसैगरी स्मार्ट क्युआर नेटवर्कको मोबाइल बैंकिङ र वालेटहरूले नेपाल पे क्युआर नेटवर्कमा आबद्द तिन लाख पचास हजार भन्दा बढी मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्नेछन् । ग्राहक तथा व्यवसायी दुवैलाई नेटवर्क पहिचानमा समय नखर्ची सिधै भुक्तानी गर्न र लिन मिल्ने यो सुविधाले नेपालको डिजिटल भुक्तानी तथा अर्थतन्त्रमा टेवा पुर्याउने कम्पनीले विश्वास लिएको छ।

Logo