सहुलियत शुल्कमा गुणात्मक शिक्षा दिने कलेज, भीएस निकेतन स्कुल, तिनकुने

सहुलियत शुल्कमा गुणात्मक शिक्षा दिने कलेज, भीएस निकेतन स्कुल, तिनकुने


शैक्षिक क्षेत्रमा लामो इतिहास बोकेको शैक्षिक संस्थाको नाम हो, भिएस निकेतन स्कुल । ४२ वर्षको इतिहास बोकेको भीएस निकेतनशिक्षण क्षेत्रमा लामो योगदान पुर्याएका शिक्षाविद् डा. बाबुराम पोखरेलले स्थापना गरेका हुन् । काठमाडौंको मीनभवनमा २०३८ सालमा स्थापना भएको भीएसमा विद्यालयतहदेखि स्नातकसम्म अध्ययन अध्यापन हुँदै आएको छ । 

भिएस निकेतनमा प्लस टु तर्फविज्ञान र व्यवस्थापन संकायमा अध्यापन हुँदै आएको छ । सैद्धान्तिकसँगै व्यवहारिक शिक्षालाई समेत जोड दिँदै आएको यो शिक्षण संस्थामाविद्यार्थीले नतिजामुखी परिणाम ल्याउने कार्यलाई निरन्तरता दिएका छन् । समय सान्दिर्भिक अध्ययापन गराउने भी.एस निकेतनबाट उत्तिर्ण भएका विद्यार्थी मेडिसिन, इन्जिनियरिङ,बैकिङ लगायत व्यवसायिक क्षेत्रमा आबद्ध छन् ।

समय सान्दिर्भिक अध्ययापन गराउने भी.एस निकेतनबाट उत्तिर्ण भएका विद्यार्थी मेडिसिन, इन्जिनियरिङ,बैकिङ लगायत व्यवसायिक क्षेत्रमा आबद्ध छन् ।

Photo

अत्याधुनिक भौतिक संरचना, सुविधायुक्त कक्षा कोठा, गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक, व्यवहारिक पठन विधीकै कारण भी एसले लामो शैक्षिक यात्रा तय गर्न सफल भएको छ । भीएसले इनोभेटिभ कलास, आईटी  कलास लगायतमा आबद्ध गराएर विद्यार्थीमा भएको अन्र्तनिहित प्रतिभालाई प्रष्फुटन गर्ने मौका समेत दिँदै आएको छ । विद्यार्थीलाई प्रयोगात्मक अभ्याससँगै निपूर्ण बनाउन साइन्स ल्याब, लाइबेरी, विद्यार्थीका लागि सहयोग गर्ने प्रणाली (स्टुडेन्ट सर्पोट सिस्ट्म),स्टुडेन्ट्स काउन्सिलिङ एण्ड वेलफेयर,कम्प्युटर शिक्षा लगायत छन् ।

भीएसले इनोभेटिभ कलास, आईटी  कलास लगायतमा आबद्ध गराएर विद्यार्थीमा भएको अन्र्तनिहित प्रतिभालाई प्रष्फुटन गर्ने मौका समेत दिँदै आएको छ ।

भीएस निकेतनले आफ्नो शैक्षिक प्रतिष्ठालाई कायम राख्दै विद्यार्थीको महत्वकांक्षलाई पुरा गर्ने लक्ष्य सहित क्षितिज फराकिलो बनाइदिएको छ । विश्वबजारमा हरेक चुनौतीको सामना गर्न सक्ने नैतिकवान् सफल नागरिक बनाउने उद्देश्य सहित भी.एस शिक्षण क्षेत्रमा अनवरत रुपमा रहेको छ । गुणस्तरीय शिक्षा दिन प्रतिबद्द र अब्बल परिणामका साथ अध्यापन हुँदै आएको भीएस निकेतन उच्च शिक्षा अध्ययनका लागि उपयुक्त शैक्षिक गन्त्व्य हुनेमा दुई मत छैन । 

Logo