भारतलाई हराउँदै पाकिस्तान एसिसी इमर्जिङ कप च्याम्पियन

भारतलाई हराउँदै पाकिस्तान एसिसी इमर्जिङ कप च्याम्पियन


पाकिस्तान ए ले एसिसी इमर्जिङ कपको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा भारत ए लाई १२८ रनले पराजित गर्दै पाकिस्तान च्याम्पियन बनेको हो । 

श्रीलंकाको राजधानी कोलम्बोमा रहेको आर प्रेमदाशा क्रिकेट स्टेडियममा पाकिस्तानले दिएको ३५३ रनको विशाल लक्ष्य पछ्याएको भारत ४० ओभरमा अलआउट हुँदै २२४ रनमै समेटिएको हो । भारतका लागि ओपनर अभिषेक शर्माले सर्वाधिक ६१ रनको अर्धशतकीय इनिङ खेले । साथै कप्तान यस धुलले ३९ रन र ओपनर साई सुदर्शले २९ रन जोडे । 

May be an image of 5 people and text

बलिङमा पाकिस्तानका सुफियाले सर्वाधिक ३ विकेट लिए भने मेहरान मम्ताज, मोहम्मद वासिम र अर्सद इकबलले समान २/२ विकेट तथा  मुबसिर खानले एक विकेट लिए । 

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ५२ रन बनाएको थियो । पाकिस्तानका लागि मध्यक्रमका ब्याटर तयाब ताहिरले सानदार शतकीय इनिङ खेले । उनले ७१ बलमा १२ चौका र ४ छक्कासहित १०८ रन जोडे । 

पाकिस्तान ए ले १२१ रनमा पहिलो विकेट गुमाएको थियो । ओपनर सैब अयबले ५१ बलमा ५९ रन बनाउँदा अर्का ओपनर सहबाज फरहामले ६२ बलमा ६५ रन बनाए । ओमिर युसुफ र मुबासिर खानले समान ३५/३५ रन बनाए । 

May be an image of 4 people and text that says 'AMS GIA C TCL T pepsi pepsi PAKISAV'

बलिङमा भारतका राजवर्धन हगांगेकार र रियान परागले समान दुई दुई विकेट लिए भने हर्षित राना, मानव सुथार र निशान्त सिन्धुले समान एक विकेट लिए ।

समूह चरणको खेलमा भने भारतले पाकिस्तानलाई ८ विकेटले पराजित गरेको थियो । त्यसको बदला पनि पाकिस्तानले लिएको छ । यसअघि सन् २०१९ मा पनि बंगलादेशलाई हराउँदै पाकिस्तानले उपाधि जितेको थियो ।

आठ टोली सहभागी प्रतियोगितामा नेपाल भने समूह चरणबाट नै बाहिरिएको थियो । समूह बी मा रहेको नेपाल नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग चार विकेटले र दोस्रो खेलमा भारत ‘ए’ सँग नौ विकेटले पराजित भएको थियो । समूह चरणको अन्तिम खेलमा नेपालले युएईलाई हराएको थियो । 

Logo