काँग्रेस, एमाले र माओवादीका नेता घुम्न जाँदा जनता तर्सिन्छन्ः नेता पौडेल

काँग्रेस, एमाले र माओवादीका नेता घुम्न जाँदा जनता तर्सिन्छन्ः नेता पौडेल


नेपाली काँग्रेस नेता रघुनाथ पौडेलले काँग्रेस, एमाले र माओवादीका नेतादेखि जनता तर्सिन थालेको टिप्पणी गरेका छन् । 

मंगलबार काठमाडौंमा आयोजित ४१औं बीपी स्मृती सप्ताहको अवसरमा आयोजित ‘वर्तमान राजनीतिक चुनौतीहरु र नेपाली कांग्रेसको दायित्व’ विषयक विचार गोष्ठी कार्यक्रममा तनहुँका पूर्वसभापतिसमेत रहेका नेता पौडेलले अहिले काँग्रेस, एमाले र माओवादीका नेता घुम्न जाँदासमेत मान्छे तर्सिन थालेको टिप्पणी गरेका हुन् । 

उनले भने, ‘अहिले काँग्रेस, एमाले र माओवादीका नेता घुम्न जाँदा मान्छे तर्सिन्छन्। अहिलेका नेताबाट दुर्गन्ध आउन थाल्यो । भ्रष्टाचार, नातावाद, कृपावाद, र परिवारवादको दृर्गन्ध आउन थाल्यो । र नेपाली जनता पुराना पार्टीबाट विर्कषित  भएका छन् ।’

नेता पौडेलले अब यो पार्टीहरु आकर्षणको बाटोमा लाग्नको लागि नेपालीहरुको मर्म बुझेर उनीहरुको लागि काम गर्नुपर्ने बताएका छन् । 

Logo