1
1
1
1
1

सूर्य विनायकबाट लागुऔषधसहित ७ जना पक्राउ

1
1
1
1
1
1

काठमाडौं ।  भक्तपुरको मध्यपुरथिमि र सूर्य विनायकबाट लागुऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ चार दोबाटोबाट तीन र सूर्यविनायक नगरपालिका–१ सिरुटारबाट दुई जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता दीपक गिरीले जानकारी दिए ।

लागुऔषध नाइट्रोपाम ३३० ट्याब्लेटसहित सिन्धुपाल्चोकको यमुनाडाँडा–४ बस्ने २६ वर्षीय रामकुमार खड्का, सूर्यविनायक नगरपालिका–५ कटुन्जे बस्ने २५ वर्षीय राधे मगराती र काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–३ बस्ने १९ वर्षीय सुरेश भुजेललाई प्रहरीले पक्राउ गरेको परिसरका प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।

त्यसैगरी प्रहरीले लागुऔषधसहित डाइजोपाम ३७ थान र फेनेरागन ३० थानसहित सूनपा–१ सिरुटारमा घर निर्माणको काम गर्दै आएका दुई जनालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ । प्रहरीले मोरङको कञ्चनबारी गाउँपालिका–९ घर भई हाल काठमाडौँ थानकोट बस्ने ३१ वर्षीय मनोज अधिकारी र भारतको मोतिहारी जिल्ला घर भई हाल सिरुटार बस्ने ४३ वर्षीय मनेजर शर्मालाई पक्राउ गरेको गिरीले बताउनुभयो ।

प्रकाशित: १ फागुन २०७६ १६:४५ बिहीबार

1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी