विश्वकपकाे समूह चरणबाटै बाहिरियाे जर्मनी

विश्वकपकाे समूह चरणबाटै बाहिरियाे जर्मनी


उपाधि दावेदार मानिएको जर्मनी फिफा महिला विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।

ब्रिसवन स्टेडियम ब्रिसवन अष्ट्रेलियामा बिहीबार भएको समूह चरणको अन्तिम खेलमा दक्षिण कोरियासँग १-१ काे बराबरीमा रोकिएपछि जर्मनीको विश्वकप यात्रा टुंगिएको हो । खेलको छैटौं मिनेटमा सो ह्युन चोले गोल गर्दै दक्षिण कोरियालाई १-० को अग्रता दिलाएकी थिइन् तर, ४२औं मिनेटमा जर्मनीकी एलेसान्द्रा पोपले गोल गर्दै बराबरीमा ल्याएपनि थप गोल हुन सकेन । 

दुई पटकको च्याम्पियन जर्मनी पहिलोपटक विश्वकपको समूह चरणबाटै बाहिरिएको हो । यसअघिको सबै संस्करणमा जर्मनीले नकआउट चरणको यात्रा तय गरेको थियो । 

जर्मनी ४ अंक जोडेर तेस्रो स्थानमा रह्यो भने दक्षिण कोरिया एक अंक जोडेर पुछारमा रहँदै बाहिरियो । यो समूहबाट समान ६ अंक बटुलेका कोलम्विया समूह विजेता र मोरक्को उपविजेता बनेर प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

Logo