महिला विश्वकपमा क्वार्टरफाइनल समीकरण पूरा, आयोजक अस्ट्रेलियाले फ्रान्ससँग खेल्ने

महिला विश्वकपमा क्वार्टरफाइनल समीकरण पूरा, आयोजक अस्ट्रेलियाले फ्रान्ससँग खेल्ने


महिला विश्वकप फुटबलमा क्वार्टरफाइनल समीकरण पूरा भएको छ । मंगलबार भएका अन्तिम दुई प्रिक्वार्टरफाइनलबाट फ्रान्स र कम्बोडियाले क्वार्टरफाइनलमा स्थान बनाएसँगै सबै ८ टोलीको टुंगो लागेको हो । 

क्वार्टरफाइनलका खेलहरु शुक्रबार हुनेछन् । पहिलो खेलमा शुक्रबार स्पेन र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । नेदरल्यान्ड्स दक्षिण अफ्रिकालाई र स्पेन स्विटजरल्यान्डलाई पराजित गर्दै अन्तिम ८ मा प्रवेश गरेका हुन् । शुक्रबार नै क्वार्टरफाइनलमा पुगेको एकमात्र एसियाली राष्ट्र जापानले स्विडेनसँग खेल्नेछ । 

डिफेन्डिङ च्याम्पियन अमेरिकालाई हराएर हौसिएको स्विडेनलाई रोक्न जापानलाई सहज भने छैन । जापान नर्वेलाई हराएर अघिल्लो चरणमा पुगेको हो । 

शनिबारको खेलमा भने आयोजक अस्ट्रेलिया र फ्रान्सबीच खेल हुनेछ । अस्ट्रेलिया डेनमार्कलाई २–० ले र फ्रान्स मोरक्कोलाई ४–० ले हराएर क्वार्टरफाइनलमा प्रवेश गरेका हुन् । 

शनिबार नै इंग्ल्यान्ड र कोलम्बियाबीच प्रतिस्पर्धा हुनेछ । उपाधिको दाबेदार मानिएको इंग्ल्यान्ड नाइजेरियामाथि संघर्षपूर्ण जित निकाल्दै क्वार्टरफाइनलमा पुगेको हो । कोलम्बियाले भने अफ्रिकी देश जमैकालाई एक शुन्यले हरायो । 

सेमिफाइनलका खेलहरु १५ र १६ अगष्टमा तथा फाइनल खेल २० अगष्टमा हुनेछ ।

Logo