गुल्मीमा ७६ वर्षीय एक वृद्ध बलात्कार आरोपमा पक्राउ परेका छन् ।
स्थानीय कांग्रेस नेतासमेत रहेका साविक काँग्रेस जुभुङ गाउँ कार्य समितिका पूर्वसभापति केशरसिंह सारुलाई ६ वर्षीय बालिका बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । उनी नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि समेत हुन् ।
आराेपित सारुलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले बताए । उनीविरुद्ध जबरजस्ती करणी अभियोगअन्तर्गत र मंगलबार अदालतमा मुद्दा दर्ता गरी म्याद थप गरेर अनुसन्धान भइरहेकाे प्रहरी उपरीक्षक बस्नेतले बताए ।
सोमबार दिउँसो घरमा कोही नभएको बेला ५ रुपैयाँ पैसा दिई अप्राकृति ढंगले आफूमाथि यौन क्रियाकलाप गरेको ती बालिकाले बताएकी प्रहरीले जनाएकाे छ ।
प्रकाशित: ६ फागुन २०७६ २१:१० मंगलबार