एक वर्षमा भित्रियो १२ खर्ब २० अर्ब बढी रेमिट्यान्स

एक वर्षमा भित्रियो १२ खर्ब २० अर्ब बढी रेमिट्यान्स


आर्थिक वर्ष २०७९/८० मा १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ ।

राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको गत वर्षको तथ्यांकअनुसार रेमिट्यान्स आप्रवाह आर्थिक वर्ष २०७८/७९ मा भन्दा २१.२ प्रतिशतले बढेर १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ नाघेको हो ।

अघिल्लो वर्ष रेमिट्यान्स ४.८ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.१ प्रतिशतले वृद्धि भई ९ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको थियो ।

Logo