तपाईको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

तपाईको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!


आज २०८०असाेज १० गते बुधबार। २७ सेप्टेमबर २०२३।

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आज शुभअशुभ समाचार सुनिएला। लाभहानी, आयव्यय, सुखदु:ख बराबरी मध्यम खालको दिन छ। मित्रसँग मीठो भेटघाट पनि रहला।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ। व्यापार व्यवसायमा फाइदा होला। वाहन सुख मिल्नेछ। नयाँ नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)
बन्धुबान्धवबाट सहयोग मिल्नेछ। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। मित्रबाट विशेष सहयोग मिल्नसक्छ। सामाजिक कार्यमा पनि मन जाला।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
आज अनावश्यक यात्रा तथा अनावश्यक झमेलामा परिएला। मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्छ। दिनको उत्तरार्ध भने सुखद् रहनेछ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
कुनै समाचारले मनमा शान्ति छाउला। अरुलाई प्रभावित पारेर काम बन्नेछ। प्रेमीको सहयोग पाइनेछ। नयाँ कामको थालनी पनि हुनेछ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)
बन्धु बान्धवबाट सहयोग मिल्नेछ। साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ। नयाँ वस्त्र या अलङ्कारको प्राप्ति हुनेछ। वैदेशिक कार्य पनि अघि बढ्नेछ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)
आज भेटघाट र मनोरञ्जनमा सहभागिता भइएला। नयाँ र शुभकार्यको चर्चा चल्नेछ। सामाजिक क्षेत्रमा प्रभुत्व जमाउन पनि सकिनेछ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
आज बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ। शैक्षिक पक्ष कमजोर हुनेछ, तर सन्तान तथा परिवारमा मेलमिलाप भने राम्रै हुनेछ।

धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक र धार्मिक कार्यबाट सन्तोष मिल्नेछ। प्रेम र दाम्पत्य जीवन पनि सुखमय हुनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज प्रिय व्यक्तिसँग भेटघाट होला। धैर्य गरि मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ। आर्थिक पक्ष र शेयर बजारबाट राम्रै सफलता मिल्नेछ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)
आत्मिक सन्तुष्टि मिल्नेछ। विद्यामा सफलता पाइएला। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)
प्रेममा मनमुटावका साथै मन कमजोर रहला। सामान हराउने वा चोरी हुने भय पनि छ। साँझमा मन प्रसन्न रहने र वैदेशिक कार्य राम्रो हुनेछ।

Skip This
Logo