सलह किराको प्रकोप एक महिनासम्म हुन सक्ने विज्ञको प्रक्षेपण (भिडियाेसहित)

सलह किराको प्रकोप एक महिनासम्म हुन सक्ने विज्ञको प्रक्षेपण (भिडियाेसहित)


काठमाडौं ।

शनिबार नेपाल भित्रिएको सलह किरा एक महिनासम्म रहनसक्ने विज्ञहरुले प्रक्षेपण गरेका छन् । सहल किरा वयस्क र बच्चा समूहमा भित्रिएकाले नेपालमा बढीमा एक महिनासम्म रहन सक्ने विज्ञहरुले प्रक्षेपण गरेका हुन् ।

वयस्क बढीमा दुई हप्ता र बच्चा सलह १ महिनासम्म बाँच्न सक्ने कृषि विभागका पूर्व महानिर्देशक डा. डिल्लीराम शर्माले जानकारी दिए । उनले भने–‘वयस्क सलह अण्डा पार्न पाएन भने दुई हप्ता भन्दा बढी बाँच्न सक्दैन् । उसलाई अण्डा पार्न राजस्थान नै जानुपर्ने हुन्छ । बच्चा सलह बढीमा एक महिनासम्म नेपालमा बाँच्न सक्छ ।’

सोमबारसम्म हावाको गति परिवर्तन भएमा दाङ, बाँकेसम्म पुग्न सक्ने सम्भावना रहेको उनको भनाइ छ । ८/ १० करोडको समूहमा आएर बाली सखाप पार्ने प्रजातिको यो किरा नेपालमा २, ४ लाखको समूहमा मात्रै आएकाले नियन्त्रण गर्न सकिने उनले बताए । अहिले डराउनै पर्ने अवस्था नभएको उल्लेख गर्दै उनले सरकारले विषादी प्रयोग गरेर र किसानहरुले धुँवा लगाउने, ड्रम बजाएर यसलाई नियन्त्रण गर्न सकिने अवस्था रहेको बताए ।

शनिबार भारतबाट नेपालको तराईका जिल्ला हुँदै पहाडी जिल्लाहरुमा समेत प्रवेश गरेको थियो । सहल किरालाई बिहानको विषाधी प्रयोग गरी नष्ट गर्न सकिने विज्ञहरुको भनाइ छ । साँझ एक ठाउँमा गएर बस्ने र बिहान ८,९ बजेपछि मात्रै बाली खान खेतमा पस्ने भएकाले बिहान ५, ६ बजेको समयमा विषादी प्रयोग गरी नियन्त्रणमा लिन सकिने अवस्था रहेको विज्ञहरुले बताएका छन् ।

Logo