कोशी काँग्रेसमा किचलो बढ्यो, शेखर समुहलाई कारवाही गर्न बैठक बोलाइयो

कोशी काँग्रेसमा किचलो बढ्यो, शेखर समुहलाई कारवाही गर्न बैठक बोलाइयो


कोशी प्रदेशमा नेपाली काँग्रेस भित्र किचलो थप बढेको छ। कोशी सरकार निमार्णको सबालमा नेपाली काँग्रेसको एउटा समुहले विद्रोह गरेपछि आन्तरिक किचलो थप बढेको हो। 

जसका कारण एक अर्कालाई कारवाही गर्नेसम्मका कुरा सुरु भएका छन्। कोशी सरकारको भावी नेतृत्वका लागि शेखर कोइराला पक्षधरले नेकपा एमालेको समर्थनमा केदार कार्कीले मुख्यमन्त्रीमा दावी गरेपछि काँग्रेसमा किचलो देखिएको हो।

कार्की समुहले गरेको बिद्रोहका बारेमा निर्णय लिनका लागि काँग्रेस संसदीय दलको बैठक आज बोलाइएको छ।  बिहान ११ बजेदेखी सुरु हुने उक्त बैठकले कार्की समुहलाई कारबाही गर्ने कि नगर्ने भन्नेमा निर्णय लिने जनाइएको छ।

तर, कार्की समुहले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सांसदलाई पार्टीको ह्वीप नलाग्ने भएकाले आफूहरूलाई कारबाही गर्न नसक्ने जनाउँदै आएका छन्। 

त्यसमाथी, ओली सरकारमाथी परमादेश दिँदा नै ह्वीप नलाग्ने विषयमा व्याख्या भएको तर्क गर्दै काँग्रेस संसदीय दलले कारवाही गर्न नसक्ने भएकाले आजै कार्कीले मुख्यमन्त्री नियुक्ती हुने विश्वास व्यक्त गरेका छन्।

Skip This
Logo