1
1

मास्क र स्यानिटाइजर कालोबजारी गर्ने पक्राउ

1
1
1

जनकपुरधाम ।
मास्क र स्यानिटाइजरको कालोबजारी गरिरहेका चार औषधि व्यवसायीलाई पक्राउ गरिएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त अनुगमन टोलीले चारै जनालाई कालोबजारी गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुस्मिता मेडिकलका सञ्जय साह, अटल फार्मेसीका अनिल यादव र प्रभन्स चौधरी तथा सम्पूर्ण मेडिकलका सञ्जय साह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ गरिएका साहले मास्क, यादव र चौधरीले स्यानिटाइजर तथा साहले मास्कको कालोबजारी गरिरहेका थिए । पक्राउ परेका चारै जनाकाे थप अनुसन्धान भइरहेको प्रहरीले  जनाएको छ ।–––रासस

प्रकाशित: ९ चैत २०७६ १२:०६ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी