अब दुई गाउँपालिकामा इलाका प्रहरीका नयाँ भवन

अब दुई गाउँपालिकामा इलाका प्रहरीका नयाँ भवन


रामेछापमा रहेका दुईवटा इलाका प्रहरी कार्यालयको नवनिर्मित भवनको उद्घाटन भएको छ। जिल्लाको खाँडादेवी गाउँपालिका र सुनापति गाउँपालिकामा इलाका प्रहरी कार्यालयका नयाँ भवन बनाइएको हो।

खाँडादेवीमा इलाका प्रहरी कार्यालय चोप्राङ र सुनापाति गाउँपालिकामा इलाका प्रहरी कार्यालय बेथानको नयाँ भवनको हिजो बागमती प्रदेश सरकारकाआन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले उद्घाटन गरेका हुन्। 

दुबै भवन बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको हो। दुवै कार्यालयका भवन साढेदुई तलाका छन्। दुवै कार्यालयका भवन निर्माण समान कुल ४ करोड ६१ लाख ६८ हजार ८६ रुपैँयालागतमा गरिएको हो। 

कार्यक्रममा प्रदेश प्रहरी प्रमुख किरण राणा,प्रमुख जिल्ला अधिकारी अनिता निरौला,बागमती प्रदेश सभा सदस्य युवराज चौलागाईं,आनन्द श्रेष्ठ,सुनापति र खाँडादेवी गाउँपालिकाका अध्यक्षद्वय ठुलो कान्छा तामाङ,ज्ञान कुमार श्रेष्ठ लगायतले समाजमा शान्ति सुरक्षा र अपराध नियन्त्रणमा प्रहरीको भूमिका बारे चर्चा गरेका थिए। 

Logo