1
1
1
1
1
65
Shares

चितवनमा पाटेबाघ मृत फेला

1
1
1
1
1
1
1
1

चितवनमा पाटेबाघ मृत फेला परेको छ । भरतपुर महानगरपालिका–२७ स्थित चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत हरियाली सामुदायिक वनमा आज बिहान बाघ मृत फेला परेको हो । 

अन्दाजी छ/सात वर्षको पोथी बाघ मृत अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । बाघ एक आपसमा जुँधेर मृत्यु भएको अनुमान गरिएको उनले बताए । निकुञ्जको प्राविधिक टोलीले बाघ कसरा ल्याएर पोष्टमार्टमको तयारी गरेको छ । 

सन् २०२२ मा भएको गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा बाघ रहेका छन् ।  

प्रकाशित: ४ मंसिर २०८० १५:१३ सोमबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी