रियाद सिजन कपमा रोनाल्डो र मेसी आमनेसामने हुने

रियाद सिजन कपमा रोनाल्डो र मेसी आमनेसामने हुने


क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसी फेरि एकपटक आमनेसामने हुने भएका छन्। अल नासर र इन्टर मियामी आगामी फेब्रुअरीमा रियाद सिजन कप खेल्ने भएसँगै रोनाल्डो र मेसी आमनेसामने हुने भएका हुन्।

'द लास्ट डान्स' नाम दिइएको रियाद सिजन कपमा अल नासर, इन्टर मियामी र अल हिलाल सहभागी हुने भएका छन्। यो प्रतियोगिता फेब्रुअरी, २०२४ को पहिलो सातामा हुने घोषणा गरिएको छ। 

अल हिलाल खेल्ने भएपनि नेइमार भने इन्जुरीका कारण टिममा नरहेकाले यो प्रतियोगिता खेल्ने छैनन्। यस प्रतियोगितामा तीन खेल हुनेछन्। जसमा अल नासर र अल हिलाल, अल नासर र इन्टर मियामी तथा अल हिलाल र इन्टर मियामी खेल्ने छन्। यी तीन खेलमा शिर्ष स्थानमा रहने टिमले यो उपाधि जित्ने छ। 

Logo