सेल्टाभिगोले रियल बेटिसलाई हरायो

सेल्टाभिगोले रियल बेटिसलाई हरायो


स्पेनिस ला-लिगा फुटबलमा रेलिगेशन जोनबाट बाहिर निस्कन संघर्ष गरिरहेको सेल्टाभिगो विजयी भएको छ। 

बुधबार राति भएको खेलमा सेल्टाभिगोले सातौं स्थानमा रहेको रियल बेटिसमाथि २-१ गोलको पुनरागमन जित निकालेको छ। रियल बेटिसले छैटौं मिनेटमा अग्रता लिएको थियो। उसका एइटोर रुबेलले गोल गर्दै अग्रता दिलाएका थिए।

तर, १६ औं मिनेटमा सेल्टाभिगोले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरेको थियो। सेल्टाभिगोका लागि इयागो एस्पास जंकलले गोल गरेका हुन्।

१-१ गोलको बराबरीतर्फ उन्मुख खेलमा सेल्टाभिगोले दोस्रो आफको पनि अतिक्ति समयमा गोल गरेको थियो। विलियट स्वेडवर्गले गोल गरेपछि सेल्टाभिगोले २-१ गोलको जितका साथ स्पष्ट ३ अंक लिन सफल भयो। जितपछि सेल्टाभिगो ला-लिगाको तालिकमा १७ औँ स्थानमा उक्लिएको छ। यसैगरी रियल बेटिस २८ अंकका साथ तालिकाको सातौं स्थानमा छ।

Logo