समाज प्रदेश ५

कपिलवस्तुमा वडाध्यक्षमाथि गोली प्रहार

15 Shares

कपिलवस्तु ।

यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्षमाथि गए राति गोली प्रहार भएको छ । वडाध्यक्ष सहाबुद्दिन मुसलमानमाथि गोली प्रहार भए पनि उनी सकुशल रहेका छन् ।

करिब १ बजे वडा नं. ८ खोरिया गाउँस्थित आफ्नै घरमा सुतेका मुसलमानमाथि चार राउण्ड गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए । दुई अज्ञात व्यक्तिले रिभल्वरले उनलाई गोली प्रहार गरेका थिए ।

वडाध्यक्ष मुसलमानलाई प्रहार भएका कुनै पनि गोली उनलाई नलागेको प्रहरीले जनाएको छ । घटनामा संलग्नता रहेको आशंकामा स्थानीयवासी पप्पु मुसलमानलाई नियन्त्रणमा लिइएको प्रनाउ मल्लले बताए। स्थानीयवासीका अनुसार वडाध्यक्ष मुसलमान र पप्पुबीच पहिलेदेखि नै विवाद हुँदै आएको थियो ।रासस

प्रकाशित: १९ वैशाख २०७७ १२:४३ शुक्रबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी