२ जेठ २०७९ सोमबार
1
1
1
1

0 Shares

काेराेना अपडेट: आजमात्रै १ सय ४४ जनामा संक्रमण पुष्टि

1
1
1
1
1
1

काठमाडौं । सोमबार मात्रै देशभर १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार देशभर १ सय ४४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर कूल संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ ।

त्यस्तै सोमबार डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ५ पुगेको छ । योसँगै देशभर कूल डिस्चार्ज हुनेको संख्या १० हजार २ सय ९४ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ८ सय ४६ पीसीआर परीक्षण गरिएको छ ।
अहिले प्रदेश नम्बर १ मा १ सय ८३, प्रदेश नम्बर २ मा १ हजार ८ सय ७२, वाग्मती प्रदेशमा ४ सय ५८, गण्डकी प्रदेशमा ४ सय ९८, प्रदेश नम्बर ५ मा ७ सय २९, कर्णाली प्रदेशमा ३ सय ६१ र सुदूरपश्चिम प्रदेशमा २ हजार ५ सय १२ जना संक्रमित उपचाररत रहेका छन् ।

त्यस्तैगरी अहिलेसम्म देशभर कोरोना संक्रमणबाट ३८ जनाको ज्यान गएको छ । प्रदेश नम्बर २ मा ४, वाग्मती प्रदेशमा ९, गण्डकी प्रदेशमा ५, प्रदेश नम्बर ५ मा १०, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

प्रकाशित: २९ असार २०७७ १७:२३ सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी