२ जेठ २०७९ सोमबार
1
1
1
1

पहिलो पटक दलित समुदायबाट नेपाल सरकारको सचिवमा विश्वकर्मा

1
1
1
1
1
1

काठमाडौं ।

युवा तथा खेलकुद मन्त्रालयका सहसचिव मानबहादुर विश्वकर्मा सचिवमा बढुवा भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विश्वकर्मालाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । विश्वकर्मा दलित समुदायबाट पहिलो व्यक्ति नेपाल सरकारको सचिव पदमा पुगेका हुन् ।

विश्वकर्मा पाल्पा जिल्लाको साबिकको देउराली गाविसमा जन्मिएका हुन् । उनी ०४७ सालमा सरकारी सेवामा प्रवेश गरेका थिए । उनले माइक्रोफाइनान्समा पिएचडी गरेका छन् ।

विश्वकर्माले पछिल्लो समय कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव भएर काम गरेका थिए भने केही महिना अघि मात्रै युवा तथा खेलकुद मन्त्रालयमा सरूवा भएका थिए ।

प्रकाशित: ३० असार २०७७ १४:०१ मंगलबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी