1
1
1
1
1
0
Shares

गोरखामा पहिरोबाट ६९ घरपरिवार विस्थापित, छ विद्यालयमा क्षति

1
1
1
1
1
1
1
1

गोरखा।

बारपाक सुलिकोट गाउँपालिकामा केही दिनदेखि परेको अविरल वर्षापछि आएको पहिरोका कारण ६९ घरपरिवार विस्थाापित भएका छन् । गाउँपालिकाको वडा नं १ र २ बाहेकका सबै वडाका गरी पहिराका कारण ६९ घरपरिवार विस्थापित भएका गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए।

लगातारको वर्षापछि आएको पहिरो वडा नं ३ को चित्रे भञ्ज्याङ, चिसापानी, काफलडाँडाका चार घरपरिवार विस्थापित भएको उनले जानकारी दिए। त्यस्तै वडा नं ४ को जौवारी, जेडाँडा र अर्चलेका लगायतका स्थानका १० घरपरिवार पहिरोका कारण विस्थापित भएका अध्यक्ष भट्टको भनाइ छ ।

पहिरोका कारण वडा नं ५ को पतेनाबारी र डुम्रेका चार घरपरिवार, वडा नं ६ को मसार र डाँडाका १४ घरपरिवार, वडा नं ७ को च्याजी पोखरी र डुम्रे र बालुवाका गरी १८ घरपरिवार विस्थापित भएका उनले जानकारी दिए । गाउँपालिका अध्यक्ष भट्टका अनुसार वडा नं ८ को तिनखण्डे, जराङ लगायतका स्थानका १९ घरपरिवार पहिराले विस्थापित भएका छन् ।

निरन्तरको वर्षापछि आएको पहिरोले गाउँपालिकाभित्रका छ वटा विद्यालयमा समेत क्षति पुर्याएको उनले बताए। पहिरोका कारण वडा नं ६ ताकुकोटमा रहेको सूर्यज्योति माध्यामिक विद्यालय र मनासलु आधारभूत विद्यालय बहकोटको भवनमा क्षति पुर्याएको अध्यक्ष भट्टले बताए।

त्यस्तै वडा नं ४ सौरपानीमा रहेको मूलदेवी आधारभूत विद्यालय, हिमालय माध्यामिक विद्यालय, वडा नं २ बारपाकस्थित कन्यादेवी आधारभूत विद्यालय, वडा नं ३ शिम्भुमा रहेको शिव आधारभूत विद्यालयमा पनि पहिराले क्षति पुर्याएको उनले जनकारी दिए ।रासस

प्रकाशित: ९ साउन २०७७ ०९:०४ शुक्रबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी