समाज प्रदेश ३

काभ्रेका धुलिखेल र मण्डनदेउपुर नगरपालिकामा आज सार्वजनिक बिदा

15 Shares

बनेपा ।

काभ्रेका धुलिखेल र मण्डनदेउपुर नगरपालिकाले आज जनै पूर्णिमाको दिन सार्वजनिक बिदा दिएका छन् । ती नगरपालिकाले आइतबार सार्वजनिक सूचना जारी गर्दै आज साउन १९ गते रक्षा बन्धन पर्वको अवसरमा सार्वजनिक बिदा दिएको जनाएका हुन् ।

नगरपालिका अन्तर्गतका सबै वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था लगायत सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालय एवं सङ्घसंस्थालाई सार्वजनिक बिदा दिने मण्डनदेउपुर नगरपालिका प्रवक्ता एवं वडा नं ६ का वडाध्यक्ष डिल्लाप्रसाद आचार्यले बताए ।

यता धुलिखेल नगरपालिकाले २० गते पनि गाईजात्रा पर्वको दिन सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाहरु बन्द रहने जनाएको छ । यसअघि पाँचखाल नगरपालिकाले पनि जनै पूर्णिमा र गाईजात्राको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।नेपाल समाचारपत्रबाट

प्रकाशित: १९ श्रावण २०७७ ०६:५८ सोमबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी