समाज प्रदेश २

सशस्त्र प्रहरीका नौ जवान कोरोना सङ्क्रमित

15 Shares

महोत्तरी।

महोत्तरीमा नौ सशस्त्र प्रहरीसहित १४ जनामा शनिबार कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । सशस्त्र प्रहरी बल, सीमा पोष्ट सम्सीमा कार्यरत आठ र बर्दिवास नगरपालिका–४ स्थित सशस्त्र प्रहरी बल, प्रदेश–२ छिन्नमस्ता बाहिनीका एकसहित नौ सशस्त्र प्रहरीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको हो ।

यससँगै जिल्लामा अब कूल सङ्क्रमितको सङ्ख्या ८६८ पुगेको प्रदेश–२ स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेश नं २ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि उनको सम्पर्कमा रहेकाको स्वाब सङ्कलन गरी परीक्षण गरिएको छ ।

मन्त्री यादव सशस्त्र प्रहरी बल नेपाल प्रदेश नं २ छिन्नमस्ता बाहिनी कार्यालयले गत मङ्गलबार आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए । त्यस लगत्तै बुधबार मन्त्री यादवमा सङ्क्रमण भएको पुष्टि भएको थियो । परीक्षण नतिजा नआउँदै सार्वजनिक कार्यक्रममा मन्त्री यादव सरिक भएपछि त्यस अवधिमा उनका सम्पर्कमा आएका अन्य व्यक्तिको जाँच गर्दा शनिबार पाँच सर्वसाधारणलाई पनि पोजेटिभ देखिएको छ ।रासस

प्रकाशित: २५ श्रावण २०७७ ०६:३७ आइतबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी