प्रभु बैंकमा आगलागी

प्रभु बैंकमा आगलागी


चितवन ।
चितवनको नारायणगढस्थित प्रभु बैंकमा आगलागी भएको छ । विद्युत चुहावट भई आगलागी भएको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रवीनबाबु रेग्मी बताए ।

उनका अनुसार स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ । बिहान ११ः२० बजे लागेको आगो ११ः४५ बजे नियन्त्रणमा लिइएको हो । क्षतिको विवरण आउन बाँकी रहेको उनले जानकारी दिए ।रासस

Logo