११ असोज २०७९ मंगलबार
1
1
1
1

आत्महत्या गरेकी महिलामा कोरोना सङ्क्रमण पुष्टि

1
1
1
1

महोत्तरी।

महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकामा आत्महत्या गरेकी एक महिलामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ ।

बर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले बर्दिबास ३ गौरीडाँडामा बुधबार आत्महत्या गरेकी स्थानीय ८७ वर्षीया महिलामा कोरोना सङ्क्रमणको रिपोर्ट आएको जानकारी दिए।

ती महिलाको भदौ १५ गते कोरोना परीक्षण गरिएको थियो । मृत्युपश्चात् उनी कोरोना सङ्क्रमण रहेको रिपोर्ट आएको नगरप्रमुख कार्कीले बताए । यस अघि मृतक महिलाको घरका अन्य तीन जना सदस्यमा भदौ ११ गते कोरोना सङ्क्रमणको पुष्टि भएको थियो ।रासस

प्रकाशित: १८ भदौ २०७७ १३:५१ बिहीबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी