१३ मंसिर २०७८ सोमबार

गुल्मीमा छोराको कुटपिटबाट बाबुको मृत्यु

गुल्मी ।

गुल्मीमा आफ्नै छोराले हानेर बुबाको मृत्यु भएको छ । इस्मा गाउँपालिका ४ दोहोलीका ६० वर्षीय दिलबहादुर बस्नेतको छोरा अनिलको कुटपिटबाट आज बिहान मृत्यु भएको हो ।

साँझ ६ बजेतिर आफ्नै घरभित्र बुबालाई छोराले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जनकराज पन्थले जानकारी दिए । घाइते बस्नेतलाई थप उपचारका लागि साँझ नै तम्घास अस्पताल ल्याइएको थियो ।

मुख र छातीमा गम्भीर चोट लागेका दिलबहादुरलाई तम्घास अस्पतालले मिसन अस्पताल पाल्पा रिफर गर्यो तर मिसन अस्पतालले प्रवास अस्पताल र प्रवास अस्पतालले प्रादेशिक अस्पताल बुटवल रिफर गरेको थियो । अस्पताल डुलाउँदा डुलाउँदै आज बिहान ४ बजे बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ । अभियुक्त अनिल फरार छन् ।रासस

प्रकाशित: १९ असोज २०७७ ११:३० सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी